दफा १०
समझदारीपत्र गर्न सक्ने
दफा ७ बमोजिम प्रस्ताव छनौट गरेपछि वा दफा ९ को उपदफा (४) बमोजिम माग गरिएको विवरणका आधारमा परियोजना कार्यान्वयन गर्न उपयुक्त देखिएमा नेपाल सरकारले प्रस्तावकसँग परियोजनाको कार्यान्वयन गर्ने सम्बन्धमा समझदारीपत्र सम्पन्न गर्न सक्नेछ ।
तर परियोजनाको प्रकृति हेरी नेपाल सरकारले प्रस्तावकसँग प्रारम्भिक परियोजना सम्झौता गर्न सक्नेछ ।